भारतमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु, १७ जना घाइते

भारतमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु, १७ जना घाइते

bus-accident-jammu

पोखरा । भारतको जम्मू कश्मीरस्थित डोडामा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी १७ जना घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘जम्मु–कश्मीरको डोडामा भएको बस दुर्घटना दुःखद् छ। आफ्ना प्रियजनहरू गुमाउनेहरूका परिवारहरूप्रति मेरो समवेदना। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

प्रधानमन्त्री मोदीले सबै मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने बताएका छन्।

चालकले मोडमा बसको नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताइएको छ। दुर्घटनाको छानबिनका लागि समिति गठन गरिएको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds