पोखरा। पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाइटीका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता जनाएका छन् ।
होटल संघ पोखरा नेपालले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अमेरिका, अष्ट्रेलिया, इजरायल, बेलायत, जापान, डेनमार्क लगायत देशका पर्यटकले टीका लगाएका थिए ।

‘संस्कृति बचाऔं, पर्यटन प्रवर्द्धन गरौं’ भन्ने नाराका साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यस्तो महोत्सव आयोजना गर्दै आएको छ । लेकसाइड स्थित होटल ल्याण्डमार्कमा यो पटक महोत्सव भएको थियो ।
रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए । टीका र माला लगाएपछि टोपी, सल र सेलरोटी लगायतका उपहार पर्यटकलाई प्रदान गरिएको थियो । छात्राहरुले महोत्सवमा देउसी भैलो गीत गाए अनि नाचगान देखाए । रमाइलो मान्दै पर्यटक पनि उनीहरुसँगै सहभागी भए ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा आशा छर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्धेश्य पनि महोत्सवले लिएको उनले बताए ।
कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले पर्यटन पुनरुत्थानमा समेत महोत्सवले सघाउने विश्वास व्यक्त गरे । विदेशी पाहुनाहरुले उत्सुकतापूर्वक महोत्सवमा भाग लिएको र टीका लगाई नाचगानमा रमाएको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिइन् ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डले महोत्सवलाई सघाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते