पोखराको एक फोटो स्टुडियोमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । जनप्रिय क्याम्पस अगाडिको अर्पन क्रियसनमा मंगलबार बिहान आगलागी भएको हो ।
फोटो तथा भिडियोको काम गर्ने स्टुडियोमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।
स्टुडियोमा रहेका सामग्रीहरु ९५ प्रतिशत बिग्रिएको संचालक फडिन्द्र भण्डारीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएकाे छ । सञ्चालक भण्डारीले इन्टरनेटको राउटर र सिसी टिभिको लाइन बाहेक भित्र अन्य विद्युतिय सामान ‘अन’ नभएको जनाए ।
पसलभित्र तिहारमा बत्ती नबालिएको र बाहिर बालिएको बत्तीले पनि असर गरेको नदेखिएको सञ्चालक भण्डारीको भनाई छ । मर्निङ वाकमा हिँडेका मानिसले धुवाँ देखेपछि वरिपरि खबर गरेर दमकल बोलाई सटर खोलेर निभाएका कारण पसल वरपर थप क्षति हुन नपाएको उनको भनाई छ।
पोखरा वडा नं. २०, भलामका फडिन्द्र भण्डारी ‘अर्पण’ ले विगत ४ वर्षदेखि त्यहाँ सञ्चालन गरिरहेका थिए ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते