पोखरा। आफ्नै बुवालाई खुर्पा प्रहार गरी हत्या गर्ने छोरालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
मंगलबार पोखरा महानगरपालिका -१७ बिरौटा स्थित गोधुली संसार पथ निवासी ५२ वर्षीय रामु क्षेत्रीलाई २२ वर्षीय छोरा रविन क्षेत्रीले खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरा रविन क्षेत्रीले मंगलबार दिउँसो अन्दाजी १२:१० बजेको समयमा बुवामाथि खुर्पा प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका थिए।
घटनाको सूचना पश्चात् वडा प्रहरी कार्यालय बैदामबाट पुगेको प्रहरीको टोलीले घाइते बुवालाई तत्काल उपचारका लागि चरक मेमोरियल अस्पताल पठाएपनि उपचारकै क्रममा साँझ ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
खुर्पा प्रहार गरी फरार भएका छोराको खोजी कार्यमा जुटेको प्रहरीको टोलीले उनको हुलिया सहितको फोटो आसपासका जिल्लामा समेत खोजतलासका लागि पठाएकोमा आज बिहान अन्दाजी ४:०५ बजेको समयमा पाल्पा स्थित प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिन सफल भएको हो।
घटनाको कारणबारे प्रहरीले विस्तृतमा केही बताइसकेको छैन। यद्यपी उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु