पोखरा । सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो वन्न सफल पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ ।
शुक्ला साहित्य प्रतिष्ठान पोखरा र भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई सम्मान गरेका हुन् । दुवै संस्थाले नेपालीका चाडपर्वको अवसरमा आईतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खची, मञ्चका अध्यक्ष समेत रहेका प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराईलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । विद्यालयले एसईई परिक्षामा देशभरबाट सर्वोत्कृष्ट स्थान हासिल गरेको र कक्षा १२ मा पनि उत्कृष्ट नतिजा ल्याई यस क्षेत्रकै गौरव बढाएको भन्दै सम्मान गरिएको बताईएको छ । सोही अवसरमा गण्डकी आईडल स्टार सिजन चारका नृत्य तर्फका विजेता पोखरा १९ चितेपानी निवासी करिना गहतराजलाई पनि नगद सहित सम्मान गरियो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिर्खचीले समाजको विकास र उत्थानमा साहित्यीक संस्थाले लेखन र आवाज मार्फत योगदान पुर्याएको बताए । सोही अवसरमा भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले आफ्ना आजिवन सदस्यलाई प्र्रमाणपत्र वितरण गरेको छ । कार्यक्रममा प्रतिष्ठानले गत भदौमा आयोजना गरेको खुला कृष्ण भजन प्रतियोगिताको आय व्यय पनि सार्वजनिक गर्यो । कार्यक्रमबाट १२ लाख ३६ हजार संकलन भएकोमा ६ लाख ८१ हजार खर्च भई ५ लाख ५५ हजार बचत भएको प्रतिष्ठानले जनाएको छ । बचत रकम भजन प्रतियोगिता संचालनका लागी अक्षयकोष स्थापना गरी राखिने अध्यक्ष हरि बहादुर बरुवालले जानकारी दिए । प्रतियोगितामा अर्थ संकलनमा उल्लेखिय भुमिका निर्वाह गर्ने प्रतिष्ठानका सदस्य रुपा केसीलाई पनि सम्मान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष दुर्गादेवी बस्नेत र संचालन मञ्चका सचिव भीमवहादुर गायक तथा प्रतिष्ठानका सचिव दिपेन्द्र बाँनियाले गरेका थिए । कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विरमा माल्र्यापण गरि स्मरण गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने