लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा ८३ वर्षीया वृद्धाको मृत्यु

लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा ८३ वर्षीया वृद्धाको मृत्यु

aagalagi

काठमाडौं । भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा ८३ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

हिजो आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हिजो बेलुका साढे पाँच बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो ।

पूजा कोठामा आगो सल्किएपछि उनी आत्तिएर बैठक कोठामा पुगेर लडेकी थिइन् ।

शरीरमा लागेको आगो ८५ वर्षीय श्रीमान गुरु दाहालले निभाए पनि वृद्धाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ