काठमाण्डौ। प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेल्दै गरेका २८ जनालाई नगदसहित पक्राउ गरेको छ।
चाडबाड लागेसँगै देशका विभिन्न स्थानमा अवैध जुवातास खेल्दै गरेका उनीहरूलाई झन्डै ३ लाख बढी रकम सहित प्रहरीले पक्राउ गरेको।
यसरी पक्राउ पर्नेहरूमा लमजुङ, चितवन, पर्सा र सुर्खेत जिल्लाका छन्।
प्रहरीका अनुसार लमजुङको मध्यनेपाल नगरपालिका-६ मिलनटोल बस्ने लक्ष्मण कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा कुँवरसमेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ६ सय ८५ रूपैयाँ १ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, चितवनको भरतपुर महानगरपालिका-१८ शसिनगरस्थित बिमल पराजुलीको गोठमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४६ वर्षीय प्रकाश विष्ट समेत ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय फुलबारी, ईलाका प्रहरी कार्यालय चनौली र अस्थायी प्रहरी चौकी शारदानगरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई नगद ३७ हजार ६ सय २५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
यता, पर्सा बहुदरमाई गाउँपालिका-४ बहुअरीस्थित बाँसघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय जोलेन्द्र प्रसाद यादव समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार ८ सय ५ रूपैयाँ र कैडा १ थानसहित पक्राउ गरेको हो । भने, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ कहरे खोला बस्ने ३१ वर्षीय टंक प्रसाद पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ८ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
नयाँ वर्ष २०८२ सुरूः शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
आजको मौसम पूर्वानुमान
२०८१ मा नेपालमा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
राजसंस्थाबारे प्रष्टै बोले पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ पढ्नुहोस्]
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु