चिसोले कठ्याङ्ग्रिएर जाजरकोटमा २ जना भूकम्पपीडितको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर जाजरकोटमा २ जना भूकम्पपीडितको मृत्यु

death body

जाजरकोटममा चिसोले कठ्याङ्ग्रिएर २ जना भूकम्पपीडितको मृत्यु भएको छ।

नलगाड नगरपालिका-४ कालाच्युराका ७७ वर्षीय गोपाल रावल र ४५ वर्षीय पम्फा रावलको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

दीर्घरोगी रावल ७७ वर्षीय रावल भूकम्प जानुभन्दा एक साता अघि नगर अस्पताल दिल्लीमा उपचार गरी घर फर्किएका थिए।

भूकम्प गएपछि बारीको पाटामा त्रिपालमुनि बस्नु परेपछि उनको स्वास्थ्य बिग्रँदै गएको र बिहीबार साँझ मृत्यु भएको बताइएका छ।

त्यस्तै, मायाडाँडाका ४५ वर्षीया पम्फा रावलको पनि बिहीबार दिउँसो निधन भएको जनाइएको छ।

भूकम्पले घर भत्काएपछि त्रिपालमुनी बसिरहेका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछ नगर अस्पताल दल्ली लगिएको थियो।

कात्तिक १७ गते गएको भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो। सयौं घाइते भएका थिए। हजारौं घरबारविहिन भएका छन् उनीहरु खुला चौरमा त्रिपालको साहारामा बसिरहेका छन्।

चिसो भुइँमा ओछ्याउने र ओड्नेको अभाव हुँदा चिसो मौसममा दीर्घरोगी, वृद्धवृद्धा, सुत्केरी र बालबालिका बिरामी पर्न थालेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ