दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशाबाट आउँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यु हुनेमा म्याग्दे गाउँपालिका–७ बाँसश्वारा बस्ने ५५ वर्षीय गङ्गाबहादुर बराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। दुर्घटनामा घाइते गङ्गाबहादुरको उपचारका क्रममा गएराति दमौली अस्पतालमा मृत्यु भएको उनले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय विशाल बराली घाइते भएका छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको छ । माइक्रो र चालक प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते