कास्कीमा देउसी भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने

कास्कीमा देउसी भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने

पटका, आतसबाजी बेच्न, पड्काउन बन्देज

Aatasbaji

पोखरा । कास्की जिल्लामा देउसी भैलो कार्यक्रम राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लाभर तिहारको अवसरमा सञ्चालन हुने देउसी भैलोलाई मर्यादित, अनुशासित बनाउन आग्रह गर्दै यस्तो सूचना जारी गरेको हो ।

सूचनामा उल्लेख छ, ‘कास्कीभर सञ्चालन गरिने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागमनमा अवरोध नहुने गरी रातिको ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध छ ।’

साथै, प्रहरीले शुभ दिपावली, तिहार एवं छठ पर्वमा विभिन्न किसिमका पटका, आतसवाजी, लगायत विष्फोटक पदार्थजन्य सामाग्रीको ओसारपसार, बेचविखन तथा नगर्न नगराउनुहुन अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ