फिर्केखोलामा बनेका संरचना नहटाउन उच्च अदालतकाे अन्तरिम आदेश

फिर्केखोलामा बनेका संरचना नहटाउन उच्च अदालतकाे अन्तरिम आदेश

uchcha adalat pokhara

कास्की। उच्च अदालत पोखराले फिर्के खोलाको मापदण्ड भित्र परेको संरचना नहटाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मिलन राईको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी गर्दै मापदण्ड भित्रका संरचना नहटाउन आदेश जारी गरेको हो ।

यसअघि पोखरा महानगरपालिकाले फिर्के खोलाको रेखाङ्कन गर्दै मापदण्ड भित्र संरचना भत्काउन ३५ दिने सूचना निकालेको थियो।

सूचनाविरुद्ध फिर्के तमु समाजसहित विभिन्न सङ्घ–संस्थाले रिट दायर गरेका थिए । रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, मुकुन्द अर्याल र अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए ।

पोखरा -१८ को अँधेरीकुना मुहान भई पोखरा–६ गाईघाटकाे फेवातालमा भएर मिसिने फिर्के खाेला महानगरका वडा नं -२, ४, ५, ६, ७, ८, १७ र १८ भएर बग्ने गर्दछ ।

यो पनि पढ्नुहोस्।

फिर्केखोला मिचेर बनेका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना 

अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ : प्रमुख आचार्य

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds