म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा मोटरसाइकलसहित खस्दा जर्मन नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बिहिबार म्याग्दीबाट मुस्ताङतर्फ जाँदै गरेको मोटरसाईकल साँझ म्याग्दीको अन्नपूर्ण —३ काभ्रेभीरमा दुर्घटना हुँदा जर्मनका नागरिक मनड्रक बिकीको मृत्यु भएको हो ।
म्याग्दीको काभ्रेगाउँको १५ सय मिटर उत्तरतर्फको भिरालो सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको शव भीरमै अड्किएको थियो । मोटरसाइकल भने कालीगण्डकीमा खसेको थियो ।
मोटरसाइकल खसेर जर्मन नागरिक भीरमै अड्किएको सूचना पाएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाग्लुङ,म्याग्दी र सशस्त्र प्रहरीको करिव २० जनाको टोली बिहिबार रातीनै उद्दार सामाग्रीसहित घटनास्थल पुगेको थियो । मुस्ताङबाट पनि नेपाली सेनाको टोली उद्दार गर्न पुगेका थिए ।
राति उद्दारमा खटिएको सुरक्षाकर्मीको टोलीले डोरीको सहायताले जर्मन नागरिकको शव बाहिर निकालेको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए । त्यहाँ सुरक्षाकर्मीसंगै म्याग्दी दानाका यात्रुका सारथी ईन्द्रसिंह शेरचन पनि उद्दारमा खटिएका थिए ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकखण्डको सबैभन्दा जोखिमयुक्त स्थान काभ्रेभीर हो । त्यहाँ चट्टान काटेर सडक विस्तार गरिएको छ ।
- सुन्दरकुमार थकाली, तस्वीरः प्रकाश शेरचन
सम्बन्धित खबर
पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’
गण्डकीको हिउँदे अधिवेशन आज मध्यरातिदेखि अन्त्य
नेपाल भूतपूर्व खेलाडी मञ्चले रजत वर्ष मनाउँदै, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ सहित विविध कार्यक्रम घोषणा
‘हेम्जाको शान, आलुको पहिचान’
तनहुँको आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
सहारालाई राज्यले सहयोग गर्नुपर्छ: उपाध्यक्ष आचार्य
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर