मुगुमा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ

मुगुमा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ

married

मुगु । मुगुमा अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ प्रदान गरेको छ ।

छायाँनाथ रारा नगरपालिकाका–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि जोडीलाई नगरपालिकाले रकम प्रदान गरेको हो ।

कामी र बुढाले गएको वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको मेयर विष्णुकुमार भामले जानकारी दिए।

उनले यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पुर्याउने भन्दै यस्तो कार्यक्रम देशका अन्य पालिकाले पनि ल्याउन जरुरी रहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ