मोडल तथा अभिनेत्री दीपाशा बीसीले बिष सेवन गरेर आत्महत्या गरेकी छिन्। बुधबार बेलुकी करिब साढे ८ बजे दीपाशाले आफ्नै घरमा बिष सेवन गरेकी थिइन्।
निकटस्थका अनुसार उडुसको औषधि खाएर सिकिस्त अवस्थामा उनलाई हिजो राति नर्भिक अस्पताल ल्याइएको थियो । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए । आज दिउँसो करिब साढे १२ बजे डाक्टरले मृत घोषित गरेका हुन् ।
उनले बिष सेवन किन गरिन् भन्नेबारे केही खुलेको छैन। उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ । उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग समेत मागिरहेकी थिइन् ।
म्युजिक भिडियो क्षेत्रमा चर्चा कमाइरहेकी दीपाशालाई ‘जलपरी’ उपनामले समेत दर्शकले चिन्दै आएका थिए। सुर्खेतकी बिसीले केही चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । उनी राम्रो नृतंङगनासमेत थिइन् ।
उनले बिरानो माया, झेली, दुलही रानीलगायत चलचित्रमा अभिनय गरेकी थिइन् । उनलाई लोक दोहोरी मोडल भनेर पछिल्लो समय चिन्ने गरिन्थ्यो।
हिजो बिहानसम्म सुटिङका तस्वीर पोष्ट गरेकी थिइन् । देश तथा विदेशका स्टेज शोमा पनि उनको डिमान्ड थियो । बुझिए अनुसार उनीसँग क्यानाडाको पाँच वर्षको भिसा समेत थियो । उनी हालै मात्र क्यानाडा गएर आएकी थिइन् । ४० जनाको टोली क्यानाडा गएकोमा अधिकांस उतै बसेका थिए भने ५-७ जना मात्रै फर्किएका थिए । फर्किनेमा दीपाशा पनि थिइन् ।
दिपाशाले व्यवसाय पनि गर्थिन् । उनले काठमाडौं मलमा ब्युटी पार्लर चलाउँदै आएकी थिइन् । बाहिरबाट आर्थिक स्रोत राम्रै देखिए पनि उनी कसरी समस्यामा परिन् भन्ने खुल्न सकेको छैन ।
दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरु गर्दै आएकी थिइन् । हिजो टिकटकमा उनले एउटा एकतर्फी प्रेमसम्बन्धी संवाद रहेको अडिओमा टिकटक बनाएर लेखेकी थिइन्, ‘बस पुग्यो अब सबै ।’
फेसबुकमा स्टाटस लेखेकी थिइन्ः
जिन्दगी त हाँसेर जिउने हो
सायद कहिलेकाहीँ कल्पनाभन्दा बाहिरको
आगमनले जिन्दगी तहस नहस बनाउने रहेछ
कहिलेकाहीँ समयले मान्छेको अनेक रुप देखाउँछ
बस अब कसैप्रति बिश्वास गर्ने छैन र
बारबार टुट्ने छैन
विश्वास, माया, अनि सबन्ध सबै फ्लिम मै ठीक छ
यथार्थमा जिन्दगीमा सहन गाह्रो छ सबै
अर्को स्टाटस थियोः
जीवन आफूभन्दा बढी महत्व कसैलाई नदिनु हो
यो संसारमा सबैभन्दा विश्वासिलो त
मृत्यु मात्र रहेछ जसले आजसम्म कसैलाई
धोका दिएको छैन
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने