जाजरकोटमा फेरि भूकम्पको धक्का

जाजरकोटमा फेरि भूकम्पको धक्का

earth_queak

पोखरा । जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार आज बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसयता झण्डै साढे ६ सय परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरकी प्रमुख मोनिका झाले जानकारी दिइन् । सबैभन्दा शक्तिशाली परकम्प भने गत २० गतेको ५.८ म्याग्निच्युडको थियो । उक्त परकम्पको केन्द्र पनि बारेकोट गाउँपालिका–१ रामीडाँडा नै थियो ।

जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गइसकेको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । सरकारले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हाल राहत वितरण र पुनर्स्थापनाको काम जारी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ