एफसीद्वारा बोहराको उपचारार्थ नगद सहयोग

एफसीद्वारा बोहराको उपचारार्थ नगद सहयोग

help news photo

पोखरा । एट टु नाईन एफसी पोखराले अन्डर १५ फुटबल खेलकी उदयीमान राष्ट्रिय खेलाडी एशोदा बोहरालाई बुधबार एक लाख नगद सहयोग गरेको छ ।

क्लबले सेभेन ए साईड फुटबल प्रतियोगिता गरी वचत भएको उक्त रकम गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले घाइते खेलाडी एशोदाका काका जितेन्द्र बहादुर बोहरालाई पोखरामा नगद हस्तान्तरण गरेकी हुन् ।

मन्त्री सिम्खडाले दुःख परेको बेलामा आबश्यक सहयोग गर्नु नै मानव सेवा भएको बताउँदै युवाहरुले खेलकुदको बिकासमा लाग्नु भएकोमा धन्यवाद दिइन् ।

पोखरामा बन्द प्रशिक्षणमा रहेको बेला बोहरालाई स्पाइनल कर्ड सम्बन्धि समस्या भएको थियो । क्लबले असोज १७ देखि २२ गतेसम्म सेभेन ए साईड फ्ुटबल प्रतियोगिता गरी बचत रहेको रकम बोहरालाई प्रदान गरिएको क्लबका उपाध्यक्ष धनराज तामाङले बताए ।

सो अवसरमा क्लबका सचिव नवराज गुरुङले संचालन गरेको कार्यक्रममा क्लबका अध्यक्ष राजेश गुरुङ, रकम संकलनमा सक्रिय सुजु रानाभाट, सरस्वती आधारभूत बिद्यालयका प्रधानाध्यापक रुद्रबहादुर रानाभाट, मन्त्रालयका सचिव र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ