पोखरा सभागृह स्थित नबिल बैंकको एटिएम तोडफोड, ठाकुर पक्राउ

पोखरा सभागृह स्थित नबिल बैंकको एटिएम तोडफोड, ठाकुर पक्राउ

sabhagriha atm

पोखरा। पोखरामा एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -८ सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारत बिहार प्रदेश मोतिहारी घर भई हाल पोखरा -९ नयाँबजार बस्दै आएका २० वर्षीय बबि ठाकुरलाई गएराति प्रहरीले पक्राउ गरेको हो।

उनी नयाँबजार स्थित ‘बबि ठाकुर सैलुन पसल’ का संचालक समेत हुन्।

प्रहरीका अनुसार ठाकुरले एटिएमको ढोका फोडेर मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई पैसा निकाल्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद गरेको छ। भने उनलाई चोरी उद्योग मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ