सल्यान्टार मोटरसाइकल दुर्घटना: घाइते रोशनको उपचारको क्रममा मृत्यु

अपडेटः

सल्यान्टार मोटरसाइकल दुर्घटना: घाइते रोशनको उपचारको क्रममा मृत्यु

सन्दीपको उपचार जारी

salyantar bike acc

तस्वीरः सुदीप श्रेष्ठ

धादिङ । धादिङको सल्यान्टारमा गएराति मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक युवकको मृत्यु भएको छ।

बा ५० प ७१३८ सीभीआर होण्डा मोटरसाइकल रोकिराखेको ना ६ त २७५८ नम्बरको ट्याक्टरमा ठोक्किँदा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ रानीपौवाका २२ वर्षीय रोशन परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोहि ठाउँका २२ वर्षकै सन्दीप श्रेष्ठ घाइते भएका छन्।

सल्यान्टार प्रहरी चौकीका प्रमुख सई विष्णु बहादुर नेपालीले जिल्ला अस्पताल धादिङ पुर्‍याएको केही समयपछि घाइते रोशनलाई मृत घोषणा गरिएको जानकारी दिए ।

रोशन मोटरसाइकल पछाडि बसेका थिए । मोटरसाइकल चालक सन्दीप श्रेष्ठको अवस्था मध्यम छ । घटना मंगलबार राति साढे ९ बजे भएको हो । दुर्घटनामा परी मोटरसाइकल क्षतविक्षत भएको छ ।  बाइकको ठक्करले ट्याक्टर नै पल्टिएको थियो ।

तस्वीरः सुदीप श्रेष्ठ फेसबुक

दुर्घटना हुनेबित्तिकै दुवैलाई सल्यान्टार स्वास्थ्य केन्द्रमा लगिएको थियो । स्वास्थ्य चौकीको एम्बुलेन्स नचलेपछि खहरेबाट एम्बुलेन्स बोलाउनुपर्दा डेढ घण्टा ढिलो हुन पुगेको थियो । त्यसपछि, स्थानियले गाउँपालिका र स्वास्थ्य चौकी विरूद्ध नाराबाजीसहित आक्रोश व्यक्त गरेका थिए । गाउँपालिकाकै कारण एम्बुलेन्स सेवा ७ ८ महिनासम्म अवरूद्ध भएको उनीहरूको ठहर छ । 

तीब्र गति र मापसे गरी सवारी नचलाउन सूचित गरिएको छ ।

सम्बन्धित न्यूज:

सल्यान्टारमा मोटरसाइकल दुर्घटनाः दुई घाइते, एकको अवस्था अत्यन्त चिन्ताजनक
बाइकको ठक्करले ट्याक्टर नै पल्टियो

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds