स्वास्थ्यकर्मीमाथि हातपातको विरोधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

स्वास्थ्यकर्मीमाथि हातपातको विरोधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

Patan-Hospital

पोखरा । स्वास्थ्यकर्मीमाथि हातपातको विरोधमा पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन्।

गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन्।

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। ९० वर्ष र ६८ वर्षका ती बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेको बताइएको छ।

हातपात गर्नेलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनी स्वास्थ्यकर्मीको छ।

हिजोदेखि अस्पतालको आकस्मिक सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामी मर्कामा परेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ