चिनियाँ सेनाको जहाज अहिले पोखरा ओर्लँदै

सहायता

चिनियाँ सेनाको जहाज अहिले पोखरा ओर्लँदै

गृहमन्त्री श्रेष्ठ पनि ९ बजे पोखरा आइपुग्दै

20041-China-Air-Force-Xian-Y-20

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित नेपाली जनताको निम्ति राहत सामाग्री बोकेर मित्र राष्ट्र चीनकाे जहाज केही बेरमै पोखरा उत्रने भएको छ ।

१ लाख ७९ हजार किलो राहत सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको Y-20 जहाज (PLA AF 15) अहिले बिहान पोखरा आउने खबर प्राप्त भएको हो ।

छेन्दुबाट आउने ती जहाजका सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट रुकुम पश्चिम र नेपालगन्ज पुर्‍याउने छ ।

विमानस्थलमा ती सामग्री हस्तान्तरण र बुझ्न अहिले बिहान ८:३० बजेको जहाजबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छेन सोङ्ग काठमाण्डुबाट पोखरा आउने कार्यतालिका बनेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।

पत्रकार र स्थानिय प्रशासनको समुपस्थितिमा राजदुत छेनले गृहमन्त्री श्रेष्ठलाई राहत सामाग्री हस्तान्तरण गर्नेछन् । कार्यक्रम अहिले बिहान ९ बजे तोकिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ