धादिङको त्रिपुरासन्दुरी गाउँपालिका सल्यान्टारमा मंगलबार राति मोटरसाइकल दुर्घटनामा परी दुई युवक घाइते भएका छन् ।
बगैँचा स्थित गाउँपालिका कार्यालय नजिकै बेलगाउँचोकमा भएको दुर्घटनामा परी वडा नं. १ रानीपौवाका २२ वर्षीय रोशन परियार र सोहि ठाउँका २२ वर्षकै सन्दीप श्रेष्ठ घाइते भएका हुन् ।
घाइते रोशनको अवस्था अत्यन्त चिन्ताजनक रहेको सल्यान्टार प्रहरी चौकीका प्रमुख सई विष्णु बहादुर नेपालीले गण्डकन्यूजलाई जानकारी दिए । उनले भने– ‘रोशनको अवस्था अत्यन्त चिन्ताजनक छ । सन्दीपको चाहिँ मध्यम छ । दुवैको जिल्ला अस्पताल रिफर भएको छ ।’
रोशन मोटरसाइकल पछाडि बसेका थिए । मोटरसाइकल चालक सन्दीप श्रेष्ठको अवस्था मध्यम छ । दुवैलाई एम्बुलेन्समार्फत भर्खरै जिल्ला अस्पताल धादिङ लगिँदैछ ।
घटना साढे ९ बजे भएको हो । उनीहरु सवार बा ५० प ७१३८ सिभिआर होण्डा बाइक रोकिराखेको ना६त २७५८ नम्बरको ट्याक्टरमा ठक्कर खाएको घटनास्थलबाट राजकुमार राजाले जानकारी दिए । बाइकको ठक्करले ट्याक्टर नै पल्टिएको थियो ।

दुर्घटना हुनेबित्तिकै दुवैलाई सल्यान्टार स्वास्थ्य केन्द्रमा लगिएको थियो । स्वास्थ्य चौकीको एम्बुलेन्स नचलेपछि खहरेबाट एम्बुलेन्स बोलाउनुपर्दा डेढ घण्टा ढिलो हुन पुगेको थियो । त्यसपछि, स्थानियले गाउँपालिका र स्वास्थ्य चौकी विरूद्ध आक्रोश व्यक्त गरेका थिए ।
दुर्घटनामा परी मोटरसाइकल क्षतविक्षत भएको छ । प्रहरीको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ ।
तीब्र गति र मापसे गरी सवारी नचलाउन सूचित गरिएको छ ।
सम्बन्धित खबर
नारायणघाटबाट काठमाडौँ जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना, ५ जना घाइते
धादिङमा लेनदेन विवादमा युवकको हत्या, एक जना पक्राउ
धादिङको उत्कृष्ट विद्यालय भिमोदयको ४७ औं वार्षिकोत्सव
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
त्रिशूलीमा ट्रक खस्यो
झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो