जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

_earthaque-bhukampa

पोखरा । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।

सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएपछि त्यसको पराकम्म जाने क्रम जारी छ। शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला जाजरकोटमा परकम्प गइरहेको छ ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्।

पराकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमका स्थानीयहरू त्रसित भएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ