सुई लगाइदिनासाथ पाटन अस्पतालमा २ बिरामीको मृत्यु

सुई लगाइदिनासाथ पाटन अस्पतालमा २ बिरामीको मृत्यु

डाक्टरलाई हातपात गरेपछि आवासीय चिकित्सक आन्दोलनमा

Patan-Hospital

पाटन अस्पतालमा उपचाररत दुई बिरामीको एन्टिबायोटिक औषधिको सुई लगाइदिएको केहीबेरमै मृत्यु भएपछि अस्पतालमा आन्दोलन सुरू भएको छ । घटना शनिबार दिउँसोको हो ।

अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको  खुलेको छ ।

ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए । शनिबार बिरामीको चेकजाँचका लागि राउन्डमा आएको नर्सको टोलीले बिरामीलाई इन्जेक्सनबाट औषधि दिएको थियो ।

अस्पताल प्रशासनका अनुसार दुवै बिरामीलाई उच्च निमोनिया संक्रमण देखिएको थियो । त्यसमध्ये राईको मुटुमा पनि समस्या देखिएको थियो ।नगरकोटीमा निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, नगरकोटीमा उपचारपछि स्वास्थ्य अवस्था राम्रो हुँदै आएकाले डिस्चार्ज गर्ने भन्ने चिकित्सकको योजना थियो  । राई र नगरकोटीलाई हिपारिन र सेफ्राएसम एन्टिबायोटिक चलाइएको थियो ।

हिपारिनले रगत सञ्चालन गर्न मद्दत पुर्‍याउँछ भने सेफ्राएसमले इन्फेक्सन कम गर्छ । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार यी औषधि निमोनियाका बिरामीलाई खुवाइने अत्यावश्यक तथा सामान्य औषधि हुन् । सामान्यतया यी औषधिले हानि गर्दैनन् । तर, हिपारिन र सेफ्रिएसम एन्टिबायोटिक इन्जेक्सन दिनेबित्तिकै दुवैजनाको ज्यान गयो ।

सुरुमा ९७ वर्षीया राईलाई नर्सको टोलीले खुट्टाको साप्रा र पाखुराबाट इन्जेक्सनमार्फत औषधि दिएको थियो । त्यसलगत्तै नगरकोटीलाई एन्टिबायोटिक औषधिको इन्जेक्सन दिइयो । तर, एन्टिबायोटिक दिएको क्षणभरमै दुवैको ज्यान गयो । एन्टिबायोटिक दिनबित्तिकै दुवैजनाको शरीर काँप्न थालेको र तत्काल मृत्यु भएको आफन्तको आरोप छ ।

आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको छ । इक्जेन्सन दिएपछि उक्त घटना भएको हुनाले अस्पताल प्रशासनले औषधिलाई परीक्षणको लागि पठाइएको छ ।

गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित हुँदै हातपात र दुर्व्यवहारसमेत गरेका थिए । उनीहरु अहिले आन्दोलनमा उत्रिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds