पोखरा । गण्डकी प्रदेशका नेकपा एमालेका सांसदहरुले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो।
२ लाख ७९ हजार रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय भएको दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए। उनले भने – ‘भूकम्पपीडितको उद्धार, राहत, पुनर्स्थापना तथा घाइतेको उपचारका लागि एक हप्ता बराबरको पारिश्रमिक दिने निर्णय गरेका छौँ।’
गण्डकीमा एमालेका उपसभामुखसहित २२ जना प्रदेशसभा सदस्य छन्। विना कुमारी थापा उपसभामुख भएकाले उनलाई भने दलको यो निर्णय लागु हुने छैन । उपसभामुखले आफ्नो इच्छाले निर्णय गर्न सक्ने एमाले संसदीय दलका नेता खगराज अधिकारीले बताए। सांसदले बैठक भत्ता र अन्य सुविधा बाहेक ५२ हजार २ सय मासिक पारिश्रमिक पाउँछन् ।
नेता अधिकारीले एमालेले सुरुवात गरेकाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने अरु पार्टीले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे। ‘सहमतिमा ७ दिनभन्दा अरु थपेर जाने कुरा भयो भने पनि हामी तयार छौँ’, उनको भनाइ थियो।
यस्तै, संसदीय दलको बैठकले भूकम्प पीडितको लागि विशेष सहयोग गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
विपद्को घडिमा भूकम्प पीडितको उद्धार, राहात, पुनस्थापना तथा घाइतेको उपचारमा कुनै पनि कमि हुन नदिनका लागि दलको बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रभावित क्षेत्रमा भिआइपीको भीड लाग्नु उचित हुन्नः अधिकारी

एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रभावित क्षेत्रमा भिआइपीको भीड लाग्नु उचित नभएको बताए । नेता अधिकारीले रेस्क्यु गर्ने समयमा नेता, कार्यकर्ता जानु गलत रहेको बताए ।
‘प्रधानमन्त्री जाने, गृहमन्त्री जाने, सांसदहरु जाने। कुनै तालिमप्राप्त व्यक्ति छैनन्। उनीहरुका लागि सिडिओ र सुरक्षाकर्मीले स्वागत गराउने, भीडभडका गराउने काम कुनै हालतमा पनि ठीक होइन’ – गण्डकीका पूर्व मुख्यमन्त्रीसमेत रहेका अधिकारीले भने, ‘रेस्क्युका बेला उद्धारकर्ता नै पहिलो हो। र त्यसपछि पुनर्स्थापना गर्ने बेलामा मात्रै होमवर्क गर्नुपर्छ।’
आइतबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पनि भूकम्पपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शनिबार नै गण्डकीबाट विशेषज्ञसहित ७ जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते