गत १ माघमा यतिको विमान दुर्घटना भएको स्थल नजिकै सेती नदि खोँचमा खसेका युवकको उद्धार गरिएको छ ।
पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा शनिबार राति पौने ८ बजे खसेका थिए । उनको २ घण्टाको प्रयासपछि उद्धार गरिएको हो ।
वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा ७ सदस्यीय टोली र सशस्त्र प्रहरी फलेपाटनबाट डीएसपी सजनलाल श्रेष्ठको कमाण्ड र गण्डकी प्रदेश गणबाट गरी उद्धार टोली २ घण्टा खटिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।
इन्स्पेक्टर श्रेष्ठले करिब ४० मिटर तल खसेका बिकलाई डोरीको सहायताले बाँधेर माथि ल्याइएको जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँसहितको जनप्रतिनिधि टोली पनि घटनास्थल पुगेको थियो ।
उद्धार गरी एम्बुलेन्समार्फत् बिकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । उनी खतरामुक्त रहेको वडा सदस्य आशिष भण्डारीले गण्डकन्यूजलाई जानकारी दिए ।
घटना विवरणः
सुदीप पर्वतबाट पोखरा घुम्न आएको बुझिएको छ । उनी पोखरा १५ कै ऋषिमार्गमा दाइको घरमा बसेका छन् । घटनाबारे जानकारका अनुसार सुदीप आज बेलुकी लेकसाइड गएका थिए । उनी घर आउन ढिला भएपछि दाइले ढिलो हिँड्नुहुन्न भनेर हप्काएका थिए । त्यसपछि रिसाएर सुदीपले घर छाडे । पछिपछि दाइ गएका थिए । शुक्लेश्वर महादेव मन्दिर प्रांगण पुगेपछि एक्कासी सुदीप सेती खोँचबाट खसेका हुन् ।
यसअघि, विमान दुर्घटना भएको ठाउँ नजिकै धाजा फाँटेको ठाउँबाट पोखरा नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली खस्न पुगी मृत्यु भएको थियो । गत वैशाख २ गते दिउँसो दुई साथीसहित सीताराम हाउजिङको चौरमा खेलिरहेकोमा स्मृति एक्कासी चौरको खाल्डो (दरार) बाट खसेकी थिइन् ।
२ घण्टापछि अचेत अवस्थामा उद्धार गरिएकी उनको मृत्यु भएको थियो । सेती खोँचमा खसेर वर्षेनीजसो घटना भइरहेका छन् ।
सम्बन्धित समाचारः
सेती खोँच नजिक भ्वाङमा खसेकी बालिकाको मृत्यु
सेती खाेँचबाट उद्धार गरिएका युवककाे उपचारका क्रममा मृत्यु
सम्बन्धित खबर
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु