भूकम्प प्रभावित जिल्लाका बिदामा रहेका कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन

भूकम्प प्रभावित जिल्लाका बिदामा रहेका कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन

jajarkot-earthquake1699085411

जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा कार्यरत कर्मचारीहरूलाई तत्काल काममा फर्कन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो ।

भूकम्प प्रभावित जिल्लाका बिदामा रहेका कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन

मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै बिदामा रहेका कर्मचारीलाई तत्काल आफ्नो कार्यालयमा हाजिर हुन भनिएको हो । काममा रहेका कर्मचारीलाई पनि तत्काल बिदामा नरहन हुन निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्‍याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन हुन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ ।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व र सल्यानलगायतका जिल्लामा मानवीय र भौतिक क्षति भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ