पोखरामा मोटरसाइकल वर्कशपमा आगजनी गर्ने पुरुष घरबाटै पक्राउ परेकोमा अहिले अनुसन्धानका क्रममा हिरासतमा छन् ।
पोखरा महानगरपालिका वडा नं. १७ नागेश्वर मार्गमा अर्जुन बैठाले संचालन गरेको सि.पि.वर्कशपमा आगजनी गरी भागेका पोखरा २१ कृस्तिका ३६ वर्षीय आनन्द थापालाई उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
कार्तिक ७ गते बिहान २ः५० बजेको अँध्यारोको समयमा आगो लगाएर भागेका थापालाई पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
सिसि क्यामेरा फुटेजबाट देखिएको हुलियाका आधारमा उनलाई पक्रन प्रहरी सफल भएको थियो । थापालाई आपराधिक उपद्रव मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते