पोखरामा सहकारी चोरी गर्ने सूर्य केसी पक्राउ

पोखरामा सहकारी चोरी गर्ने सूर्य केसी पक्राउ

कम्प्युटर, सीसी क्यामेरासमेत छाडेनन्

jail male

पोखरा वडा नं. २१, निर्मलपोखरी स्थित नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा चोरी गर्ने सूर्य केसी यतिबेला प्रहरी हिरासतमा छन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सहकारी चोरीमा संलग्न माछापुच्छ्रे गाउपालिका ४ लाहाचोकका ४० वर्षीय सुर्य बहादुर केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

केसीले कार्तिक २ गते राति सहकारीको मुख्य ढोका फोरेर घर्रामा रहेको नगद ६० हजार, डेल कम्पनीको दुई वटा मनिटर र दुई वटा सीसी क्यामेरा चोरी गरेका थिए ।

उनलाई पक्राउ गरी चोरी तथा डाँका मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ