गएराति जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । पोखरा महानगरपालिकाले उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० लाख सहयोग गर्ने भएको छ ।
मेयर धनराज आचार्यले ५० लाख सहयोगको घोषणा गरेका हुन् । जनप्रतिनिधिले भूकम्प प्रभावितका लागि एक महिनाको पारिश्रमिक पनि दिनेछन् ।
पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी १३ लाख १५ हजार बराबरको राहत सहयोग पठाइएको आचार्यले बताए । थप सामाग्री र सहयोग महानगरपालिकाको बिपद् कोषबाट खर्च बेहोरिने भएको छ ।
राहत उद्धारका लागि पोखरा महानगरपालिकाको टोली प्रस्थान
यसैबीच, भूकम्पका कारण सिर्जित घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पु¥याउन पोखरा महानगरपालिकाबाट वडाअध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।
दुई वटा सानो गाडी र एक ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने मेयर आचार्यले जनाए ।
टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति भएको छ । सयौं घाइते भएका छन् ।
यस घटनाले समस्त नेपालीलाई मर्माहत र दु:खी बनाएको उल्लेख गर्दै मेयर आचार्यले यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ-संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपील गरेका छन् ।




सम्बन्धित खबर
निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमी कास्कीका शिक्षक विपिन कार्की निष्कासित
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखराको चरकमा मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते