भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने

भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने

Army help

जाजरकोटमा गएको शक्तिशाली भूकम्पपछि भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम नेपाल आयल निगमले बेहोर्ने भएको छ ।

निगमले सो खर्च आफ्नो आर्थिक वर्ष २०८०र८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने निर्णय भएको जानकारी दिएको हो ।

कार्तिक १७ गते राती करिब ११ बजेर ४७ मिनेट जाँदा कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र बिन्दु भई विनाशकारी भूकम्प गएको र उक्त भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लाहरूमा समेत ठुलो जनधनको क्षति हुन पुगेको छ ।

भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा निगमले श्रद्धाञ्जली अर्पण गर्दै र घाइतेहरूको स्वास्थ्य उपचार लगायत तत्काल उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन सम्पूर्णमा अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds