पोखरा । चोरेको मोबाइलको मूल्य १७ सय रुपैंयाको हो । तर, चोरी गर्नेले २ हजार जरिवाना र विगो १ हजार ७ सय २० तथा पीडित राहत कोषमा २ सय बुझाउनुपर्ने फैसला जिल्ला अदालत कास्कीबाट भयो । यति रकम बुझाउन नसक्दा चोरीमा संलग्न दिपेश श्रेष्ठ जेल चलान भएका छन् ।
घटना विवरणः
अन्नपूर्ण गाउँपालिका ७ का २३ वर्षीय दीपेश श्रेष्ठले गत असोज २५ गते महानगरपालिका वडा नम्बर ९, नयाँबजारको एक पसलबाट दिउँसो साढे ३ बजेतिर रेडमी कम्पनी मोबाइल चोरी गरेका थिए । हाल नयाँबजार नै बस्ने दीपेशलाई मोबाइलसहित सोही दिन नै वडा प्रहरी कार्यालय, बैदामले पक्राउ गरेको थियो ।
त्यसपछि, प्रहरी हिरासतमा अनुसन्धानको सिलसिलामा रहँदाको अवधिले शुक्रबार २२ दिन जेल सजाय कट्टा भएको थियो । तर, अदालतले गरेको जरिवाना बुझाउन नसकेपछि दीपेश शुक्रबार नै जेल चलान भएको वडा प्रहरी कार्यालय, बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । ।
अदालतले जरिवाना रकम कट्टा हुने गरी थप ७ दिन थुनामा राख्न आदेश दिएको छ । अब उनी दैनिक ३ सयका दरले कट्टा हुने गरी ७ दिन कारागार बस्नेछन् । जरिवाना बापतको रकम दाखिला गर्न नसक्दा उनी जेल चलान भएका हुन् ।
अदालतकाे आदेशसँगै चोरीमा संलग्न दिपेशलाई कारागार कार्यालय कास्की सचालन गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो