रहेनन् ‘पुतली बाजे’, ८७ वर्षमा अस्ताए

रहेनन् ‘पुतली बाजे’, ८७ वर्षमा अस्ताए

Putali baje

पोखरा । पुतली बाजे’ नामले चिनिने कोलिन स्मिथको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको हरियोखर्क अस्पताल पोखरामा शनिबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्मिथ निकटस्थ सुनिल उलकले जानकारी दिए।

साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका उनी केही दिन अघि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका थिए ।

पोखराको लामागाउँ घर भएका स्मिथ अशक्त भएपछि चर्चमा बस्न थालेका हुन्। ‘पुतली बाजे’ को सोमबार अन्त्येष्टि गरिनेछ। गाईघाटमा अन्त्येष्टि गर्नुपूर्व श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई नयाँगाउँ र नदीपूरको चर्चमा राखिने उलकले बताए।

‘पुतली बाजे’ बेलायतबाट वि.सं. २०२२ मा नेपालमा आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए ।

पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालयबाट अध्यापन सुरु गरेका उनी पोखरा र गोरखाका विभिन्न स्कुलमा अध्ययन गराएका थिए।

नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गरेको थियो । उनले नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।

स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds