भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी १२९ जनाको मृत्यु

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी १२९ जनाको मृत्यु

Bhukamp chheti (1)

पोखरा । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी हालसम्म एक सय २९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९२ जना र रुकुमपश्चिममा ३७ गरी एक सय २९ जनाको मृत्यु भएको छ ।

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ । त्यस्तै, जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंहसहित ५० जनाभन्दा धेरैको मृत्यु भएको छ ।

भूकम्पमा परेर एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । घाइते भएका र अरुको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ