कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार मध्यरात ११ः४७ मा भुकम्प जाँदा केही मानवीय र भौतिक क्षतिका विवरणहरु आउन थालेका छन् ।
रूकुमः
रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ। आठबिसकोट १२ को स्यानीबर्खुमा २ जना र ठूलीबार्खुमा २ जनाको ज्यान गएको स्थानीयले बताएका छन् ।
कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको हुनसक्ने आशंका छ । तर, मध्यराती भएकाले क्षतिको विवरण आधिकारिक प्राप्त हुन सकिरहेको छैन ।
सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पूर्ण क्षति पुगेको छ । त्रिवेणी गाउँपालिकाको मुरुडाँडामा सातवटा घरमा पूर्ण क्षती भएको छ । भत्किएका घरमा एकजना मान्छे च्यापिएको छ ।
जाजरकोट
जाजरकोटको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पमा परी खलंगामा एकजनाको मृत्युको विवरण आएको र अरु पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन् ।
उनले सदरमुकाममा अहिलेसम्म कम्तीमा १५ देखि २० घरमा क्षति भएको विवरण आइसकेको बताए । गाउँतिरका अवस्थाबारे जानकारी आइसकेको छैन ।
भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीका अनुसार जाजरकोट जिल्ला अस्पताल घाइतेहरूले भरिएको छ। सयौंको संख्यामा जिल्ला अस्पतालमा घाइतेहरू रहेको उनले बताए।
तत्काल भेरी नगरपालिकाका वडा नम्बर ३ र ४ बाहेक अन्यत्र उद्धार टोली जान नसकेको उनले बताए। वडा नम्बर १ र २ मा पनि हताहतीको खबर आएको उनले जानकारी दिए। ‘हताहती निकै भएको देखिएको छ, अस्पताल पनि खचाखच भरिएको छ,’ उनले भने।
चौरजहारी नगरपालिका-७ खत्री गाउँमा भूकम्पले घर भत्किदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पताल पठाइएको छ ।
कर्णाली प्रदेशका डिआईजी भिमप्रसाद ढकालले जाजरकोट सदरमुकाममा पर्खाल भत्किँदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएको बताएका छन् । उनले अन्य भौतिक र मानवीय क्षतिको पूर्ण विवरण संकलनको काम भईरहेको बताए ।
कालिकोट
कालिकोट शुभकालीका गाउँपालिका ७ मुग्राहका गजेन्द्रबहादुर शाहीको घर भत्किएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
बारेकोट गाउँपालिका रामेडाँडामा केही घरहरु भत्किएको विवरण आएपनि पूर्ण विवरण आउन बाँकी रहेको प्रशासनले बताएको छ ।
सल्यान र रोल्पामा पनि केही घर भत्किएको त्यहाँका प्रहरीले बताएका छन्। नगलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्री पन्तका अनुसार उनको वडामा मात्र २४ भन्दा बढी घर भत्किएका छन्। मानवीय क्षतिको खबर भने नआएको उनले बताए।
पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।
तस्वीरहरूः सामाजिक सञ्जाल
सम्बन्धित खबर
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी