देशैभर भूकम्पको धक्का महसुस

देशैभर भूकम्पको धक्का महसुस

पोखरामा पनि लामो समयसम्म कम्पन

earthquake bhukampa vukampa

नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा देशैभर भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएपनि थप अपडेट दिइसकेको छैन ।

अमेरिका जियोलोजिकल सर्भे (यूएसजीएस)ले भने नेपालको जुम्ला जिल्लाबाट ४२ किलोमिटर दक्षिण केन्द्रबिन्दु बनाएर १७.९ किमि गहिराइमा ५.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का काठमाण्डौ, पोखरा लगायतका देशका विभिन्न भागमा महसुस गरिएको छ ।  रातको समयमा भूकम्पका कारण सर्वसाधारणहरु घरबाहिर निस्केका थिए।

भारत र चीनका केही क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।

थप अपडेटः

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको ढिलाे गरी पुष्टि गरेका छन् ।

भूकम्पबाट जाजरकोट, जुम्लासहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइट डाउन छ । सरकारी संयन्त्रको https://www.seismonepal.gov.np/ वेबसाइट डाउन हुँदा समयमै सूचना पाउन नसकेको अवस्था छ ।

भूकम्पको धक्का कत्रो थियो भन्नेबारे फरक फरक विवरणहरु आइरहेका छन् । कतिपय विवरणमा ६ दशमलव २ रेक्टर स्केल बताइएको छ भने कतिपयमा ५ दशमलव ९ रेक्टर स्केल देखाइएको छ । कतिपय विवरणहरुमा ५ दशमलप ६ देखाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds