‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ भइहाल्छ, दुई पार्टी मिल्नुको विकल्प नै छैनः शाही

‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ भइहाल्छ, दुई पार्टी मिल्नुको विकल्प नै छैनः शाही

Dayal_Bahadur_Shahi

नेकपा (एमाले) का नेता दयालबहादुर शाहीले कांग्रेस र माओवादी मिलेकोमा आफूलाई कुनै आपत्ति नरहेको बताएका छन् ।

जनता जान्न चाहन्छ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई पार्टी नमिलेको खण्डमा ‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ हुने भएकाले यी दुई दलबीच मिल्नुको विकल्प नरहेको उनले बताए ।

माओवादीले युद्ध सुरु गर्दै गर्दै त्यो पार्टीको प्रमुख प्रचण्ड र तत्कालीन प्रधानमन्त्री देउवानै रहेको स्मरण गराउँदै उनले अहिले मिल्ने माओवादी–कांग्रेस त्यहीबेला मिलेको भए १८ हजारले मर्न नपर्ने उनले टिप्पणी गरे ।

‘अहिले पनि उहाँहरु मिलेकोमा हामीलाई कुनै आपत्ति छैन, मिल्नुस् । तपाईँहरुको मिलनको विन्दुनै एमाले एमाले हो । एमालेप्रतिको तपाईँहरुको त्रास । बढारिनुहु्न्छ उहाँ (प्रचण्ड), कांग्रेस हाफ माओवादी पत्तासाफ हुन्छ नमिले । त्यस कारण मिल्नुभएको छ, मिल्नुस्,’– उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ