रिगललाई अदालतमा पेश गरियो, जेलमा बस्नुपर्ने थप समय निर्धारण हुने

रिगललाई अदालतमा पेश गरियो, जेलमा बस्नुपर्ने थप समय निर्धारण हुने

REGAL-DHAKAl

बाँकेका ‘रिगल’ भनिने योगराज ढकाललाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको छ।

बिहान दस बजेपछि रिगललाई अदालतमा पेश गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले बताए। अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ।

रिगललाई कुन कारागारमा पठाउने भन्ने कुरा कारागार व्यवस्था विभाग र अदालत दुबैले तय गर्न सक्ने एसपी बोहोराले बताए। रिगल असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट भुक्तान हुन बाँकी कैद मिनाहा पाएर छुटेका थिए।

सर्वोच्च अदालतले बिहीबार आममाफी बदर गर्दै तत्काल रिगललाई पक्राउ गर्न परमादेश जारी गरेको थियो। त्यसको दुई घन्टा भित्रै नेपालगञ्जको सेतु बिक चोकबाट रिगल पक्राउ परेका थिए। रिगलले भने अदालतको फैसला अनुरूप आत्मसमर्पण गरेको बताएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds