रामेछापको मन्थली विमानस्थलमा तारा एअरका दुई पाइलटबीच शुक्रवार आज बिहान कुटाकुट भएको छ । तारा एअरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलमा नै कुटाकुट भएको हो ।
क्याप्टेन सन्तोष शाहले आज बिहान ८ बजे सोलुखुम्बुकाे लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गर्नुभएकाे थियाे भने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानको लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै थिए ।
लुक्लाबाट मन्थली आएका क्याप्टेन शाह जहाजबाट ओर्लिएर बाहिर निस्केर हिँड्दै गर्दा जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ थिए । भेटमा क्याप्टेन शाहले क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा श्रेष्ठले एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुइँमा बजारिन पुग्दा सामान्य घाइते भएका थिए ।
घटनापछि क्याप्टेन श्रेष्ठ जहाज लिएर लुक्लातर्फ उडे भने कानुनी उपचारका लागि शाह निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुगे । क्याप्टेन शाहले आफूलाई विना कारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारबाहीको लागि निवेदनसहित कार्यालयमा आएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिएका छन् ।
दुई पाइलटकै लाइसेन्स निलम्बन
झगडा गरेका दुई पाइलटको नै लाइसेन्स निलम्बन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार तारा एयरका पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको हो।
प्राधिकरणले राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले छानबिनका लागि दुई पाइलटको लाइसेन्स स्थगन गरेको बताए। ‘अर्को निर्णय नभएसम्म हालका लागि दुवै पाइलटलाई जहाज उडाउन नपाउने गरी ग्राउन्डेड गरिएको छ,’ उनले भने।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने