पोखराका प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच

सुरक्षित उडान

पोखराका प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच

कसैले पनि मापसे गरेको भेटिएन

Para pilot mapase (1)

सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले कास्की प्रहरीले पोखराका प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच गरेको छ ।

प्रहरीले सडकमा सवारी चालकमात्रै होइन, तालहरुमा डुंगा चालकलाई पनि मापसे जाँच गरेको थियो ।

आज विहीबार पोखरा महानगरपालिका वडा नं. २३ पामे स्थित प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाईलटहरूले मादक पदार्थ सेवन गरे/नगरेको सम्बन्धमा चेक जाँच गरिएकोमा कसैले मापसे. गरेको नभेटिएको प्रहरीले जानकारी दिएको छ ।

सो अवसरमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली र पाइलटहरुबीच सुरक्षात्मक अन्तरक्रिया कार्यक्रम समेत भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds