काठमाडौँ । प्रहरीले काठमाडौँको मैतिदेवीबाट कलाकार सुर्पमान स्याङतान (इकु सुलेमान) सहित ९ जना कलाकारलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त सिंहदरबारको टोलीले गएको शनिबार मैतिदेवीको एक डान्सघरबाट गायक तथा मोडेल चक्र बम, कलाकार सुर्पमान स्याङतान ‘इकु’सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय बमसहित भोजपुर पात्लेपानी–२ का ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुरका ३८ वर्षीय सुर्पमान, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–२ का २६ वर्षीय रोशन सिंह रहेका छन् ।
यसैगरी काभ्रे पाँचखाल नगरपालिका–६ का ६० वर्षीय शंकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ घर भएका २८ वर्षीय टाइम मगर, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ घर भएका ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन् ।
जुवा खालबाट प्रहरीले १ लाख ९० हजार रकम बरामद गरेको छ । शनिबार राति पक्राउ गरेर उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।
कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने