पोखरा । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको युद्धमा युद्धविराम गर्न अस्वीकार गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरिरहेका बेला नेतान्याहुले युद्धविराम गर्न अस्वीकार गरेका हुन् ।
उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो ।’
इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए ।
त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ ।
उक्त आक्रमणबाट अहिलेसम्म बालबालिकासहित आठ हजार तीन सय भन्दा धेरैको ज्यान गइसकेको छ । गाजामा ज्यान गुमाउनेमध्ये तीन हजार तीन सय २४ जना बालबालिका रहेका छन् । इजरायतर्फ एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।
प्यालेस्टाइनी जनतामा संकट गहिरिँदै गएपछि युद्ध विरामको माग गर्दै विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन समेत भएको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो