अब नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य हुने

अब नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य हुने

holi-traffic

File Photo

काठमाण्डाै। नागरिक एपबाटै देखाएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीले मान्यता दिने भएको छ। सोमबार नागरिक एपको आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गर्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो।

यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए/नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो ।

यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ