पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज दिउँसो पोखरा आइपुगेका छन् । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत पोखरा ओर्लिएका हुन् ।
पोखराको पुरानो विमानस्थलमा अवतरण पश्चात् महासचिव एन्टोनियो गुटेरेसको भव्य स्वागत गरिएको छ ।
गुटेरेसलाई स्वागत गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुगेका हुन् । रेड कार्पेट र नेपाली मौलिक बाजा, गीत बजाई उनलाई स्वागत गरिएको थियो ।उनी सिधै होटेलतर्फ प्रस्थान गरेका छन् । सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको थियो ।

महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
महासचिव एन्टोनियो गुटेर्रेस अहिले नेपालको औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा कार्तिक १२ देखि १५ गतेसम्म चारदिने भ्रमणका लागि आएका महासचिव आज पोखरा आइपुगेका हुन् । लामो समयपछि भएको अति विशिष्टको पोखरा भ्रमणबाट यो क्षेत्रका बासिन्दाले ठूलो अपेक्षा गरेका छन् । पोखरा भ्रमणमा आउने महासचिव गुटेर्रेस अन्नपूर्ण बेस क्याम्पसमेत जाँदैछन् ।

त्यहाँ पुगेपछि स्थानीयसँग जनवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याबारे कुरा गर्ने तालिका तय छ । महासचिव सोलुखुम्बुसमेत जाँदै छन् ।

विश्वका विभिन्न देशबीच आपसी मतभेदसँगै युद्ध भइरहेका बेला महासचिव गुटेर्रेसको नेपालको भ्रमणलाई महत्व दिएर आउनुलाई महत्वपूर्ण मान्नुपर्छ । संयुक्त राष्ट्रसंघका महासचिवस्तरकै नेपाल भ्रमण कमै हुने गर्दछ ।
तस्वीर: बिमला भण्डारी / अध्यक्ष, पत्रकार महासंघ कास्की
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने