ईसेवाको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिहरूबाट ओटीपी (वन टाइम पासवर्ड) मागेर रकम चोरी गर्ने पाँच जना पक्राउ परेका छन् ।
केवाईसी फर्म अपडेट गर्ने लगायत अन्य बहानामा ओटीपी मागेर रकम चोरी गरेकाे भन्दै प्रहरीले रौतहट गौर नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका वडा नं ६ बस्ने १९ वर्षीय दिपेन्द्रकुमार यादवलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटसँगकाे समन्वयमा उनीहरूलाई पक्राउ गरिएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका पाँचै जनाले विभिन्न मोबाइल नम्बरबाट पीडितलाई फोन सम्पर्क गर्थे । अनि, म ईसेवाको आधिकारिक कर्मचारी हुँ भनेर प्रयोगकर्तालाई विश्वस्त बनाउँथे ।
त्यसपछि तपाईंको ईसेवा आईडी बैंक खातासँग लिङ्कअप तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने बनाउने र ५० प्रतिशत क्याश रकम उपलब्ध गराउने आश्वासन दिन्थे । त्यसपछि प्रयोगकर्ताको अकाउन्टमा आएको ओटीपी कोड माग्थे, अनि आफ्नो डिभाइसमा लगइन गर्थे । त्यसपछि प्रयोगकर्ताको वालेट तथा लिङ्क भएको बैंक अकाउन्टबाट रकम आफ्नोमा ट्रान्सफर गर्थे ।
यसरी विभिन्न १८ जना व्यक्तिबाट १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी भएपछि पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा राैतहटका विभिन्न ठाउँबाट पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनामाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
सम्बन्धित खबर
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
आज देशभरको मौसम कस्तो रहन्छ?
कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय
पर्सा प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्यो, रवि लामिछाने विरूद्ध ५ करोडको बिगो माग
शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार घाइते, आँखामा गम्भीर चोट
काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरू घाइते भएपछि महासंघले आकस्मिक बैठक बोलायो
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन