पोखरा । हिजो बिहान भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ ।
उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । अवस्थामा क्रमिक रूपमा सुधार आइरहेको पोखराका मेयर धनराज आचार्यले भेटपछि जानकारी दिएका छन् ।
हिजाे अवस्था असामान्य रहेकाले थप उपचारका लागि काठमाडौं पठाउन हेलिकाेप्टरसमेत तयारी अवस्थामा राखिएको थियो ।
मेयर आचार्यले भनेका छन् – ‘अभिनेता प्रकाश घिमिरेज्यूको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ। आईसियुमा उपचाररत उहाँले मलाई चिन्नुभयो । उहाँको अवस्था बुझ्न हस्पिटल पुग्नुभएका उहाँका सहकर्मी बरिस्ठ कलाकार अनुप बराल, खगेन्द्र लामिछाने र मैले हस्पिटलका मेसु डा अभिषेक मास्के ज्यूबाट उहाँको वर्तमान अवस्थाको जानकारी प्राप्त गर्यौँ । डा. मास्केले उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ भन्नुभएको छ।’
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते