दसैं मनाउन शहरबजारबाट बाहिर जानेहरू फर्कन थालेसँगै नाकाहरूमा भीड देखिन थालेको छ।
काठमाडौं उपत्यका सहित पोखरा, भरतपुर, बुटवल लगायत देशका शहरहरूमा शिक्षा तथा रोजगारीका लागि बस्नेहरू गाउँबाट पुन: शहर बजार फर्कन थालेका हुन् ।
यसवर्ष दसैंको अवसरमा काठमाडौं उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए। उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड बढेको उपत्यका ट्राफिक कार्यालयले जानकारी दिएको छ।
बिहीबार उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए।
नागढुंगा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको थियो। नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ।
दसैंको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात शून्य जस्तै बनेको थियो। नाकामा सवारीसाधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो