काठमाडौं । आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
आजको खण्डग्रास चन्द्रग्रहण नेपालमा स्पष्ट देखिनेछ । ग्रहण एसिया अफ्रिका र युरोपबाट पनि देखिनेछ जनाइएको छ । आजको चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन पर्ने छैन, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिन्छ । नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिनेछ ।
आजको चन्द्रग्रहणसम्बन्धी जानकारी
- कात्तिक ११ गते राति १:२० मा ग्रहणको प्रारम्भ हुने र समाप्ति राति २:३८ मा हुने
- चन्द्रमाको पूर्वपट्टिको भाग काटिएको जस्तोमात्रै देखिने
- यो ग्रहण १ घण्टा १८ मिनेटसम्म देख्न सकिने
- नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिने
- चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन नपर्ने, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिने
- शनिबारको कोजाग्रत पूर्णिमाको पूजामा यसले कुनै असर नपार्ने शास्त्रीय निर्णय
- धर्मशास्त्रलाई मान्ने हो भने मिथुन, कर्कट, वृश्चिक, कुम्भ राशिले बाहेक अरुले हेर्न नहुने
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने