महोत्तरीमा सामान्य विवादमै दुई जना भारतीय युवकले नेपाली साथीको हत्या गरेका छन्।
पिपरा गाउँपालिका-५ हर्दिया टोलका आशिक भनिने १९ वर्षीय वसन्त पासवानको बिहीबार बेलुकी हत्या भएको प्रहरीले जनाएको छ। वसन्तको शव उनकै गाउँमा स्थानीय जगदिश साहको खेतमा फेला परेको थियो।
भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र मधुवनी साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिकले छुरा प्रहार गरी वसन्तको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।
दिपक र अमित दसैं मनाउन हर्दिया टोलस्थित मामाघर आएका थिए। डिएसपी गिरीका अनुसार बिहीबार दिउँसो उनीहरू वसन्तलाई लिएर गाउँमै लागेको दसैं मेला हेर्न गएका थिए।
दिपक र अमितले मेलामा सुनजस्तो देखिने सिक्रीको माला किनेका थिए। माला लगाएर तीनै जनाले फोटो खिचे। अन्तिममा माला लगाएका वसन्तले फिर्ता गर्न नमान्दा विवाद भएछ। त्यसै क्रममा मेलाबाट थोरै पर चउरमा लगेर दुवै जनाले वसन्तको पेटमा छुरा प्रहार गरेर भागेका थिए,’ उनले भने।
घटनापछि दिपक र अमित दुवै जना गाउँमै घुमिरहेका थिए। बिहीबार राति ११ बजे गाउँबाटै दुवैलाई पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिए।
वसन्तको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ।
सम्बन्धित खबर
सुदीप हत्याको विरोधमा स्वतन्त्र युवा र राप्रपाको ब्यानरमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन
गण्डकीका मुख्यमन्त्रीलाई छेउमै राखेर प्रचण्डले भने- हिजो संँगै थियौँ, आज अलग भएपनि राजनीति हो भोलि जे पनि हुनसक्छ
प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २६औँ स्मृति दिवस
सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहिन, वार्तासंवादबाटै आन्दोलन टुंग्याउने समझदारी
१४ महिनापछि राजीनामा दिन्छु अनि शेरबहादुरजी प्रधानमन्त्रीः ओली [भिडियो]
‘मन्त्री नै अनलाइनका समाचारदाता रहेछन्, क्याबिनेट बस्दा अब मोबाइल बाहिरै’: प्रवक्ता गुरूङ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध