कलाकार घिमिरेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी

कलाकार घिमिरेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी

Prakash Ghimire Actor1

पोखरा । भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।

उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । अवस्था असामान्य रहेकोले थप उपचारका लागि काठमाडौं पठाउन लागिएको हो ।

कलाकार तथा उनका शुभचिन्तकहरु मणिपाल पुगेका छन् । चिकित्सकहरुले उनको अवस्था स्थिर रहको जनाएका छन् । घिमिरेको आइसियूमा राखेर उपचार गरिएको छ ।

अभिनेता खगेन्द्र लामिछानेले अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं लगिने तयारी भइरहेको जनाएका छन् ।  अनुप बराल पोखरामै रहेकाले हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिरहेको उनले जनएका छन्।

गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए । उनको टाउकोमा चोट छ ।

छिमेकी एवं अभिन्न मित्र प्रेम शेरचनका अनुसार पर्खालको ब्लक समातेर डालेघाँस काट्ने क्रममा एक्कासी ब्लक नै भत्किएर तल खसेर गम्भीर घाइते भएका हुन् ।

कलाकार प्रकाश घिमिरे घाइते भएसँगै देश विदेशबाट उनको स्वास्थ्यलाभको कामना गरिएको छ। पोखराका मेयर धनराज आचार्यले उनको स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराखिने बताएका छन्।

लोकप्रिक कलाकार घिमिरे अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशभरको फिल्म हलमा चलिरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ