छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

juwade-1

सांकेतिक तस्बिर

ललितपुर। गोदावरी नगरपालिका-५ लेले बस्ने नविन सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार रुपैयाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइलसहित पक्राउ गरेको हो ।

यता, मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ देवीबन टोल बस्ने गोकुल नाथ पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-८ बस्ने ४० वर्षीय अजय खड्का समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ